Geisinger EHP Logo

Geisinger मा भाषा पहुँच

Geisinger मा स्वागत छ हामी यो सुनिश्चित गर्न समर्पित छौँ कि सबै बिरामीहरू, उनीहरूको भाषा वा सांस्कृतिक पृष्ठभूमिको परवाह नगरी, उनीहरूलाई आवश्यक स्वास्थ्य सेवाहरू सजिलै पहुँच गर्न सक्दछन्। विभिन्न भाषाहरूमा पहुँच प्रदान गर्ने हाम्रो प्रतिबद्धताले हामीलाई हाम्रा समुदायहरूलाई अझ राम्रो सेवा गर्न अनुमति दिन्छ। दोभाषेको हाम्रो टोली तपाईंको भेटघाट र चिकित्सा पेशेवरहरूसँग अन्तरक्रियाको समयमा तपाईंलाई सहयोग गर्न नि: शुल्क उपलब्ध छ। Geisingerले सबै बिरामीहरू र उनीहरूका परिवारहरूलाई अंग्रेजी बाहेक अन्य भाषाहरू र अमेरिकी सांकेतिक भाषा (American Sign Language, ASL) का लागि योग्य दोभाषेहरू उपलब्ध गराउँछन्।;

दोभाषेका लागि अनुरोध गर्न 844-323-5518 मा फोन गर्नुहोस् र त्यो दोभाषेलाई हामी तपाईंलाई कसरी मद्दत गर्न सक्छौँ भनेर बताउनुहोस्।

  • भेटघाटको समय तालिका बनाउनुहोस्
  • बिलिङमा मद्दत प्राप्त गर्नुहोस्
  • औशधि पसलसँग प्रिस्क्रिप्शनको बारेमा कुरा गर्नुहोस्
  • तपाईंको बीमा कभरेजको बारेमा Geisinger स्वास्थ्य योजनासँग कुरा गर्नुहोस्
  • तपाईंको चिन्ताको बारेमा बिरामी सम्पर्कसँग कुरा गर्नुहोस्